कर्णाली, महाकाली, राप्ती र बबईमा पानीको बहाव बढ्न सक्ने

काठमाण्डौ – देशका धेरै ठाउँमा पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ ।

त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका केही तथा लुम्बिनीका थोरै ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । आजदेखि तीन दिन कर्णाली, महाकाली, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तहसम्म पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरुमा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ । पानी परिरहेकाले नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share your love