एस.ई.ई. परिक्षामा सहभागी परीक्षार्थीलाई नेता रौनियारद्वारा सफलताको अग्रिम शुभकामना 

आजबाट देशभरी नै शुरु भएको एस.ई.ई परिक्षामा सहभागी सम्पूर्ण विद्यार्थीलाई नेकपा एमालेका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का पूर्ब प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले सफलताको अग्रिम शुभकामना दिनुभएको छ । उहाले परिक्षा मर्यादित रुपमा सम्पन्न गराउन सबै सम्बन्धित निकायमा अनुरोध समेत गर्नुभएको छ  । देशको कर्णधारका बिद्यार्थीहरुलाई समेत संबेदनशील भएर परिक्षा दिन अपिल गर्नुभएको छ ।

Share your love