एशेज शृङ्खला : इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई ३ विकेटले हरायाे

एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा इङ्ग्ल्यान्डले राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियालाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले तेस्राे टेस्ट जितेकाे हाे । अस्ट्रेलियाले दिएकाे २ सय ५१ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले चाैथाे दिनकाे खाना समयपछि ७ विकेट गुमाएर भेटायाे ।

इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रूकले सर्वाधिक ७५ रन बनाए । यस्तै ज्याक क्रलीले ४४ र क्रिस वक्सले नटआउट ३२ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए ।

त्यसअघि लिड्समा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले पहिलो पारीमा २ सय ६३ रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डले भने पहिलाे पारीमा २ सय ३७ रन बनाएकाे थियाे ।

याेसँगै इङ्ग्ल्यान्डले पाँच खेलकाे शृङ्खलामा पुनरागमन गरेकाे छ । पहिलाे र दाेस्राे टेस्ट जितेकाे अस्ट्रेलिया शृङ्खलमा २–१ ले अघि छ ।

Share your love