एमाले फोरम नेताको आह्वान- डा. मधुलाई छातामा मतदान

नेकपा एमाले र जनता समाजबादी पार्टीका नेताहरुले प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्तको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आह्वान गरेका छन ।

पर्सा क्षेत्र नम्बर ३ (ख) मा जसपा एमालेको गठबन्धनबाट प्रदेश सभा सदस्यकी उम्मेदवार रहनुभएकी डा.मधुले पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजना गर्नुभएको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा , जसपा पर्सा क्षेत्र नं. ३ का क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव , ३ (क) का जसपा अध्यक्ष पवन सिंह , जसपाका राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले डा.मधुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

एमालेकी केन्द्रीय सदस्य निर्माला देवकोटाले प्रत्येक्ष बाट नै चुनाव लड्ने हिमत र साहस गर्नुभएको एउटा शिक्षित र दीक्षित प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधुलाई भोट दिन आग्रहगर्नुभयो । उहाले डा.मधुको बिकल्प समेत नभएको बताउनुभयो ।

जसपा पर्सा ३ का क्षेत्रीय अध्यक्ष यादवले डा.मधु स्वच्छ छबी भएकी उम्मेदवार रहनुभएको बताउनुभएको छ । उहाले डा.मधु संग समाज विकास गर्नको लागी भिजन भएको हुदा निस्वार्थ भवनाले आफ्ना मत दिएर पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यमा जिताउन आम मतदाताहरुलाई आग्रह गर्नुभयो ।

जसपा पर्सा ३ (क) का अध्यक्ष पवन सिंह डा.मधु शिक्षित र स्वास्थको बारेमा अनुभबी तथा विज्ञ रहनुभएको हुदा ढुक्क भएर उहालाई मतदान गर्ने आग्रह गर्नुभयो । जसपाको राजनीतिक समिति सदस्य हरिनारायण रौनियारले बिना कुनै आशंकाको डा.मधुलाई जिताउन जसपा , एमलेका नेता कार्यकर्ता संग आग्रह गर्नुभयो ।

 

Share your love