एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ।

राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न काठमाडौँको आलोकनगरस्थीत पार्टीको केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो।

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्नेगरी कांग्रेससहित ८ दलीय गठबन्धनमा आवद्ध भएको सो पार्टीले आजको बैठकमा सरकारमा सहभागिताका लागि आफ्नो हिस्सेदारीको विषयमा पनि छलफल हुने पार्टी निकट स्रोतले जनाएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले सरकारमा एमालेको सहभागिता पनि हुन आवश्यक रहेको धारणा राख्दै आएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा मुलुकमा नयाँ राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ। जसका लागि कांग्रेस सहित ८ दलीय सत्ता गठबन्धनले कांग्रेसका नेता पौडेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट सुवाषचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।

Share your love