एएफसी यू–१७ : नेपाल पहिलाे खेलमा थाइल्यान्डसँग ३–० ले पराजित

एएफसी १७ वर्षमुनिकाे एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

भियतनामको फु थो मैदानमा नेपाल थाइल्यान्डसँग तीन–शून्य गोलले पराजित भएको हो । नेपालले पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई खोल खाएको हो ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यो समूहमा नेपालसँगै थाइल्यान्ड, भियतनाम र चाइनिज ताइपेई रहेका छन् । नेपालले आउँदाे शुक्रवार आयोजक भियतनाम र आइतवार चाइनिज ताइपेईसँग खेल्नेछ ।

Share your love