उपेन्द्रलाई मतदान गर्न स्वतन्त्र सांसदको अपिल

मधेश प्रदेशसभाका सदस्य (स्वतन्त्र) प्रमोद जयसवालले बारा–२ मा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् । पर्सा–१ बाट स्वतन्त्रबाट चुनाव जितेका जयसवालले आज एक अपिल जारी गरी बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका जसपाका अध्यक्ष यादवलाई समर्थन गर्दै मतदातालाई मत हाल्नका लागि आग्रह गरेका हुन् ।

यादवले मधेश आन्दोलनको नेतृत्व गर्नुका साथै मधेशका मुद्दा तथा संघीयता स्थापित गराउन योगदान दिएको बताउँदै उनलाई भोट हाल्न जयसवालले आग्रह गरे । अध्यक्ष यादवलाई भोट दिए संसदमा उनको उपस्थितिले मात्र सम्बोधन हुन बाँकी नागरिकता लगायतका विषयहरु सम्बोधन हुने दावी जयसवालले गरेका छन् ।   ‘प्रदेश सांसदहरुले उठाउने विषय समाधान गराउन समेत केन्द्रीय तहमा अभिभावकीय भूमिका खेल्न उपेन्द्र यादवको संघीय सदनमा अपरिहार्य आवश्यकता देखिएको छ’ उनले भनेका छन् ।

pramod

Share your love