उपराष्ट्रपति चुनावमा किरियापुत्रीद्वारा मतदान

उपराष्ट्रपति पदका लागि आज भइरहेकाे चुनावमा किरियापुत्रीले मतदान गरेका छन् ।

गण्डकी प्रदेशको कास्की  निर्वाचन क्षेत्र नं ३  का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गर्नुभएको हो ।

पिता लोकराजको निधनमा किरिया बारिरहनुभएका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गर्नुभएको हो । उहाँ आजै दिउँसो पोखरा फर्कँदै हुनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति चुनावमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’

 

Share your love