उपराष्ट्रपतिमा चारजनाकै उम्मेदवारी कायम

निर्वाचन आयोगले उपराष्ट्रपतिमा चार जानाकै उम्मेदवारी कायम राखेको छ।  आयोगले उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीकी ममता झा, जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारीले दिएको उम्मेदवारी कायम राखेको हो।

उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवविरुद्ध परेको  उजुरीमा उम्मेदवारी सदर भएको छ। राष्ट्रपति पदमा पुरुष निर्वाचित भइसकेको भन्दै नेकपा एमाले र जनमत पार्टीले यादवको उमेदवारी खारेजको मागसहित उजुरी दिएको थियो। राष्ट्रपति र उपराष्ट्रपति छुट्टाछुट्टै लिंगको हुनु पर्ने संवैधानिक प्रावधान रहेको उनीहरुको जिकिर छ।

यादवसँगै जनता समाजवादी पार्टी नेपालबाटै प्रमिला यादवको उमेदवारी परेको छ। रष्ट्रिय जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यको पनि उमेदवारी परेको छ।

उपराष्ट्रपति चयनका लागि चैत ३ गते मतदान हुनेछ। मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

Share your love