उपनिर्वाचनको लागि बारामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

अगामी वैशाख १० गते हुने उप–निर्वाचनको बारा निर्वाचन क्षेत्र नम्बर २ मा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गएिको छ

आज कलैया स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार वैशाख १० गते सम्पन्न निर्वाचन पछी मतगणना समन्वय समितिको कार्यालयमै हुने छ । जिल्ला न्यायाधीश मुकेश उपाध्याय लाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ ।निर्बाचन सहज रुपमा निष्पक्ष र स्वच्छ तरिकाले सम्पन्न गराईने उपाध्यायले बताए ।बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा–२ मा २ सय ८७ जना मतदाता थपिएका छन् ।

यसअघि मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६२ थिए भने हाल १ लाख ५ हजार २९८ मतदाता रहेका छन् ।यस क्षेत्रबाट जनता समानजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि चुनाव लडने भएकाले उप निर्बाचनलाई पनि चासोका साथ हेरिएको छ ।

Share your love