इरान : हिजाब विरोधी प्रदर्शनमा गोली चल्दा बालबालिकासहित १० जनाको ज्यान गयाे

इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनमा बालबालिकासहित १० जनाको ज्यान गएको छ ।

इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य सहरमा शान्तिपूर्ण प्रदर्शन गरेकामाथि गोली चलाएको समाचार संस्था एएफपीले जनाएको छ ।

दक्षिणपूर्वी इरानका विभिन्न सहरमा हिजो भएका प्रदर्शन हिंसात्मक बनेको छ ।

तेहरानमा प्रहरी हिरासतमा २२ वर्षीया महसा अमिनीको ज्यान गएपछि देशव्यापी प्रदर्शन भइरहेका छन्।

Share your love