इमरान खानका नजिकका व्यक्तिमाथि प्रहरीको नजर, पूर्वमन्त्री शिरिन मजारी पक्राउ

तेहरिक-ए-इन्साफ पार्टीकी नेतृ तथा इमरान खानको सरकारमा मन्त्री रहेकी डा. शिरीन मजारीलाई प्रहरीले फेरि पक्राउ गरेको छ। उनकी छोरी इमान मजारीले प्रहरीले शिरीन मजारीलाई फेरि आफूसँगै लगेको ट्वीट गर्दै जानकारी दिएकी हुन्।

इमान मजारीले यसअघि ट्वीट गर्दै इस्लामावाद उच्च अदालतको स्पष्ट आदेशको बाबजुद पनि पञ्जाब पुलिस उनकी आमालाई पक्राउ गर्न उनको घरबाहिर रहेको बताएकी थिइन्।

इमान मजारीले बिबिसी उर्दूलाई पञ्जाबका पुलिस अधिकारीहरूले इस्लामावादस्थित उनको निवासमा छापा मारेर शिरीन मजारीलाई आफूसँगै लगेको बताइन्। उनले इस्लामावादस्थित आफ्नो घरमा छापा मार्नु पञ्जाब प्रहरीको अधिकार क्षेत्र नभएको बताइन्।

इस्लामाबाद उच्च अदालतका न्यायाधीश मियाँ गुल हसन औरंगजेबले इस्लामाबाद पुलिसलाई कुनैपनि मामलामा मे १८ सम्म शिरीन मजारीलाई पक्राउ नगर्न आदेश दिएका थिए।

यसअघि इमरानको पार्टीका दुई पूर्व विधायकलाई पनि रिहा हुनेबित्तिकै पञ्जाब प्रहरीले जेल गेटबाट पुनः पक्राउ गरेको थियो।

बिबिसी उर्दूको जानकारीका अनुसार अली मोहम्मद खान र मलाइका बुखारीको गिरफ्तारीलाई इस्लामावाद उच्च अदालतले गैरकानुनी घोषित गरेको छ। तर अडियाला जेलबाट निस्किनेबित्तिकै प्रहरीले फेरि पक्राउ गरेकाे थियाे।

Share your love