इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदै

इङ्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज म्यानचेस्टर सिटी, न्युक्यासल, टोटनह्याम, चेल्सी, एभर्टनलगायतको खेल रहेको छ ।

आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे एस्टनभिल्ला र न्युक्यासल खेल्दैछन् । २९ खेलमा ५६ अङ्क जोडेको न्युक्यासल तालिकाको तेस्रो स्थानमा छ । त्यस्तै ३० खेलमा ४७ अङ्कका साथ एस्टनभिल्ला छैटाैँ स्थानमा छ ।

आज बेलुका नै पौने ८ बजे साउथह्याम्पटन र क्रिस्टल प्यालेस, एभर्टन र फुलह्याम, टोटनह्याम र बर्नमाउथ, उल्भ्स र ब्रेन्टफोर्ड तथा चेल्सी र ब्राइटन खेल्दैछन् । त्यस्तै राति सवा १० बजे म्यानचेस्टर सिटी र लेस्टर सिटीबीच खेल हुनेछ ।

म्यानचेस्टर सिटी २९ खेलमा ६७ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । अङ्कतालिकामा ३० खेलमा ७३ अङ्कका साथ आर्सनल शीर्ष स्थानमा कायमै छ ।

 

Share your love