आत्महत्याको जोखिममा रहेका व्यक्तिको यसरी गर्न सकिन्छ पहिचान

आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नजिकैका आफन्त तथा साथीहरुले आत्महत्या जोखिममा रहेका व्यक्तिको पहिचान गर्न सक्ने गरी विश्व स्वास्थ्य संगठनले केही लक्षण सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान यसरी गर्न सकिन्छः 

–पहिले आत्महत्याको प्रयास गरेका व्यक्ति ।

–डिप्रेसन भएका व्यक्ति ।

–सामाजिक रुपमा एक्लो वा टाढा रहेका व्यक्ति ।

–मदिरा वा अन्य दुर्व्यसन भएका व्यक्ति ।

–कडा किसिमका दीर्घ रोग भएका वा घातक बिरामी परेमा व्यक्ति ।

–गम्भीर दुर्व्यवहार भोगेका वा हालै गम्भीर भावनात्मक आघात परेका व्यक्ति ।

आत्महत्याको जोखिममा रहेका व्यक्ति वा माथि उल्लेखित लक्षण भएका व्यक्तिलाई उनीहरुका आफन्त वा साथीभाइले उनीहरुसँग कुराकानी गरेर पनि सम्भावित दुर्घटना टार्न सक्ने विश्व स्वास्थ्य संगठनको भनाइ छ ।

आफन्त वा साथीभाइले कस्तो भूमिका निर्वाह गर्ने ?

–उनीहरुलाई विज्ञको परामर्श लिनका लागि सहयोग गर्नुपर्छ ।

–समय–समयमा भेटेर उनीहरुको हलखबर बुझ्नुपर्छ । आफैलाई नै हानी पु¥याउन सक्ने बस्तु तथा सामानहरु उनीहरुबाट टाढा राख्नुपर्छ ।

–यदि उनीहरु तत्काल आत्महत्याको जोखिममा छन् भने उनीहरुलाई एक्लै छाड्नु हुँदैन र तुरुन्तै आकस्मिक सेवा केन्द्रहरुमा सम्पर्क गर्न डब्ल्यूएचओको सुझाव छ ।

आत्महत्या गर्ने सोच आएमा यस्तो गर्नुहोस्

आत्महत्या गर्ने सोच आएमा सरकारले २ वर्षदेखि सञ्चालनमा ल्याबको निःशुल्क राष्ट्रिय हेल्पलाइन ११६६ मा सम्पर्क गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले आग्रह गरेका छन् ।

आत्महत्या रोकथामका निम्ति २४ घण्टा उपलब्ध निःशल्ुक राष्ट्रिय हेल्पलाइन ११६६ रहन्छ । आत्महत्या सम्बन्धी सोच, योजना वा व्यवहार देखिएमा सो नम्बरमा २४ सै घण्टा नेपाल टेलिकमको प्रयोगकर्ताहरुले फोन गरी तालिम प्राप्त परामर्शदाताबाट निःशुल्क परार्मश सेवा लिन सकिने केसीद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै, हेल्पलाई नम्बर ११६६ बारे प्रत्येक वडा, टोल, समुदाय, परिवार र व्यक्तिसम्म सूचना पुग्ने गरी प्रचारप्रचार गर्न केन्द्रले आग्रह गरेको छ ।

Share your love