आजको राशिफल-मङ्सिर ३ गते शनिबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ -आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा -आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे-आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कता अपनाउनु पर्छ ।

तुला -रा, रि, रु, रे, रो, ता, ति, तु, ते-आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्रा प्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

धनु -ये, यो, भा, भि, भु, धा, फा, ढा, भे-आज पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ । आस्था, धर्म, तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कमको योजना समेत बन्ने देखिन्छ ।

कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा- व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अनावश्यक धन खर्च हुनेछ, तर राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ ।

वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो-आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो-आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको सहयोग पनि पाइनेछ ।

कन्या -टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-आज भाग्यले विभिन्न अवसर जुराउने र मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु-आज अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नयाँ रोजगारीको योजना बन्नेछ । गरेको कामबाट दोहोरो लाभ पनि मिल्नेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । धर्म, विश्वास, आस्था र सद्भाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ( ज्यो।प। नारायणप्रसाद दुलाल

Share your love