आईपीएल क्रिकेटमा दिल्लीलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा प्रवेश

चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटकाे प्ले अफमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई प्ले अफमा पुगेको हो ।

चेन्नईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४६ रन मात्रै बनायो । उसका लागि डेविड वार्नरले सर्वाधिक ८६ रन बनाए । चेन्नईका दीपक चहरले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोली चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २३ रन बनायो ।

उसका लागि देवन कन्वेले ८७ र ऋतुराज गायकवाडले ७९ रन बनाए ।  दिल्ली यसअघि नै प्लेअफ यात्राबाट बाहिरिसकेको छ ।

Share your love