अवैध काठसहित ट्रक बरामद

रौतहट स्थित सशस्त्र वन गस्ती टोलीले अवैध चिरान काठ सहितको एउटा ट्रक बरामद गरेको छ।  डिभिजन बन कार्यालय रौतहटबाट सहायक वन अधिकृत  बैजनाथ मण्डलको नेतृत्वमा गएको गस्ती टोलीले  ना २ ख ८७१७ नम्बरको ट्रकमा अवैध  तरिकाबाट सालको चिरान काठसहित बरामद गरेको हो ।

चन्द्रपुर नगरपालिका जुडीबेला गाउँबाट अवैध काठ लोड गरी आउनेक्रममा गएराती टोलीले चाँदीखोलाको पुल छेउबाट ट्रक लाई नियन्त्रणमा लिएको थियो । बरामद ट्रकमा १ सय ५०  क्यूफिट भन्दा बढी अवैध चिरान काठ फेला परेको डिभिजन बन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले  बताएका छन ।

सशस्त्र बन गस्ती टोलीलाई हेरेर ट्रक चालक ट्रक छोडेर फरार भएको प्रमुख कर्णले जानकारी दिए । बरामद  काठ सहितको ट्रक  आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यलय  रौतहटमा बुझाइएको भन्सार रेन्जपोष्टका प्रमुख राजेश साहले बताए ।

Share your love