अबैद्ध रुपमा बालुवा लागिरहेको ट्याक्टर बारा प्रहरीको नियन्त्रणमा

बिलबिनाको बालुवा बोकेका टिपर र ट्याक्टर बारा प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको बारागढी गाउँपालिका वडा नम्र २ मलाही चोकबाट ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरीको टोलीले टिपर र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रदेश २–०३–००१ क् १९५३ नम्बरको टिपर र ना ६ त ९५८४ नम्बरको ट्याक्टर बिल बिनाको बालु लोड गरेका कारण नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

बाराको कोल्ही नगरपालिका वडा नम्बर ६ बस्ने टिपर चालक ३० वर्षीय ईन्दल चौधरी र ट्याक्टर चालक बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षीय राजेश साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको थापाले बताए ।

Share your love