अपडेट : बारामा शंकास्पद वस्तु विस्फोटम हुदा अहिलेसम्म ३ जनाको मृत्यु 

बाराको निजगढ नगरपालिका–७ शहिद चोकस्थित रोहित वर्कशपमा शंकास्पद वस्तु बिस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ भने ३ जना घाईते रहेको बारा प्रहरीले जनाएको छ । निजगढ नगरपालिका वडा नं.७ निजगढ बजारमा सञ्चालित वर्कसपम हिजो आईतबार गयास बेल्डिङ गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुदा घाईते ६ जना मध्ये अहिलेसम्म ३ जनाको मृत्यु भईसकेको हो ।

मृत्यु हुनेमा उक्त वर्कशपका सञ्चालक निजगढ नगरपालिका वडा नम्बर ५ का ४५ बर्षीय रेशम मगर , वीरगंज महानगरपालिका वडा नम्बर ९ का २० बर्षीय रितु रजत र भारतको गवाई बस्ने ३५ बर्षीय राकेश जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानाकरी दिनुभयो । मृतक तिनै जनाको उपचारका क्रममा वीरगंजस्तिथ व्योध्या अस्पतामा मृत्यु भएको उहाले बताउनुभयो ।

यसैगरी घाईतेहरु निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षीय सुर्यबहादुर थापाको सामुदायिक प्रसुती गृह अस्पताल निजगढ बारामा उपचार भईरहेको छ भने वीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ बर्षीय फिरोद देवानको सामान्य वार्डमा र भारतको रामघडवा बस्ने २० बर्षीय अरबिन साहको उपचार आईसीयुमा वार्डमा वीरगंजस्थित व्योध्या अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारीका ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ–९ बस्ने २९ वर्षका टिकाराम पाख्रिङ रहेका बारा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । जैसवाल कबाडी किन्ने गरेको थिए भने पाख्रिङ कबाडी बेच्ने गरेको थियो ।

Share your love