अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरुलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

मंगलवार गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालीहरुको प्रतिष्ठा बढाउन आग्रह गर्नुभएको हो । उहाँले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तिब्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने बताउनु भयो । उहाँले देश विकसित भएमात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरुको प्रतिष्ठा बढ्न नसक्ने बताउनु भयो । उहाँले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैर आवासिय नेपालीहरुको रणनीतिक भुमिका र दायित्व हुने बताउनु भयो ।

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्ने बताउनु भयो । उहाँले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रीत भएको पनि बताउनु भयो । उहाँले आगामी दिनमा पनि गैर आवासिय नेपालीहरुले नेपालको विकास र समृद्धिका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले आफ्ना सन्तानहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन पनि गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नुभयो । उनीहरुलाई नेपालप्रतिको अपनत्व अभिवृद्धि गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले देश प्राकृतिक स्रोत, साधन र जैविक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै यसको उपयोगका साथै संरक्षण, संवद्र्धन र प्रचार–प्रसारमा पनि जोड दिनुपर्ने बताउनु भयो

Share your love