अजय द्विवेदी भन्छन् : उम्मेदवारी दिने नदिने बारे सरसल्लाह गरिरहेको छु

नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय द्विवेदीले उम्मेदवारी दिने कि नदिने बारे साथीहरुसंग सरसल्लाह गरिरहेको बताएका छन् ।

पार्टीले टिकट नदिए पर्सा १ प्रतिनिधीसभा सदस्यमा स्वतन्त्रबाट भएपनि उम्मेदवारी दिने यसअघि घोषणा गरेका द्विवेदीले आइतबार बिहान ९ बजे मधेसखबरसंग कुरा गर्दै भने ,‘ स्वतन्त्रबाट उम्मेदवारी दिने मुड बनाइरहेको छु , यस बारे साथीहरुसंग सरसल्लाह गरिरहेको छु , तर अन्तिम निर्णय भने गरिसकेको छैन ।

सत्तागठबन्धन र लोसपा बिच भएको चुनावी तालमेलको सहमतिमा पर्सा १ लोसपाले पाएको छ । लोसपाले यो क्षेत्रबाट नेता लक्ष्मणलाल कर्णलाई उम्मेदवार बनाएको छ ।
सिट बाँडफाँडका लागि शनिबार अबेर राति सम्म लोसपा र काँग्रेस बिच भएको बैठकमा अन्तिम समय सम्म पर्सा १ पनि काँग्रेसले नै पाउने सम्भावना थियो । पर्सा १ काँग्रेसले पाए यो क्षेत्रबाट काँग्रेसले द्विवेदीलाई उम्मेदवार बनाउने चर्चा थियो । तर अन्तिममा पर्सा १ लोसपाको भागमा परेपछि काँग्रेसबाट द्विवेदीले टिकट पाउने सम्भावना सकिएको थियो ।

२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन वीरगन्ज उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित द्विवेदी पहिलो संविधान निर्वाचनमा पर्सा २ बाट निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनि वीरगन्ज महानगरको मेयरमा पराजित भएका थिए ।

Share your love