अक्सिजन सिलिन्डर विस्फाेट हुँदा बिरामीकाे ज्यान गएकाे भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तनाव

दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तनावग्रस्त छ । अक्सिजन सिलिन्डर विस्फोट हुँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको ज्यान गएको भन्दै मृतकका आफन्तले दोषीलाई कारबाहीकाे माग गर्दै नाराबाजी गरिरहेका छन् ।

अस्पतालको लापर्बाहीका कारण घटना भएको आफन्तको दाबी छ । अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेकाे छ । अस्पताल परिसरमा ठूलाे सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे छ ।

Share your love