बङ्गलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले नेपाल सरकारले बङ्गलादेशलाई विद्युत् निर्यातका लागि आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

चितवनमा पत्रकारसँगको कुराकानीमा उहाँले यसै वर्ष बङ्गलादेशलाई विद्युत् निर्यात गरिने बताउनुभएको हो । अहिले नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । जलविद्युत् उत्पादनमा साझेदारी गर्न बङ्गलादेशसँग सहमति भएको र यसैवर्षदेखि ५० मेगावाट विद्युत् बङ्गलादेश जाने उहाँको भनाइ छ ।

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्कजस्तै रहेको जानकारी दिँदै मन्त्री भुसालले घरायसी प्रयोजनका लागि सरकारले मूल्य घटाइएको र कृषि तथा सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको समेत जानकारी दिनुभयो ।

Share your love