प्रिमियर लिग फुटबलमा आज ७ खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ७ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटन बेलुका सवा ५ बजे खेल्दैछन् । अङ्कतालिकामा युनाइटेड तीन खेलमा ३ अङ्ककासाथ चौथाे र समान खेलमा ४ अङ्क रहेको साउथह्याम्पटन ११औँ स्थानमा छ ।

आज हुने अरु खेलमा चेल्सी र लेस्टर सिटी, लिड्स युनाइटेड र ब्राइटन, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस, लिभरपुल र बर्नमाउथ तथा एभर्टन र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

यी खेल नेपाली समय अनुसार बेलुका पौने आठ बजे सुरु हुनेछन् । त्यस्तै आज राति सवा ९ बजे प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनल र सातौँ स्थानमा रहेको फुलह्यामबीच खेल हुनेछ ।

Share your love

Leave a Reply

Your email address will not be published.