पासोमा फसेको चितुवा मर्‍याे

बैतडी – बैतडीमा पासोमा फसेको अवस्थामा फेला परेको चितुवा मरेको छ । आज बुधवार बिहान फेला परेको चितुवा दिउँसो मरेको जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ ।

दशरथचन्द नगरपालिका ४ बिनासौमा बँदेलको लागि थापेकाे पासोमा चितुवा परेको थियो । पासोमा फसेको चितुवाको उद्धार गरी खोरभित्र राखेपछि मरेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालगायत रहेका छन् । बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने टोली भने घटनास्थलमा पुगेको छैन ।

बँदेलले मकै नष्ट गर्न थालेपछि बाली जोगाउनका लागि किसानले पासो थापेको र त्यही पासोमा चितुवा परेको थियो । बैतडीमा जङ्गली जनावरले किसानले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । बँदेल, दुम्सी र बाँदरलगायतका जनावरले किसानको बाली नष्ट गर्ने गरेका छन् ।

Share your love