ठूलो परिमाणकाे सुनचाँदीको तयारी गहनासहित एक जना पक्राउ

जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर १ छतवा टोलको सडकमा जाँचका क्रममा मोटरसाइकलमा लिएर आइरहेका व्यक्तिको साथबाट करिब ६ किलो चाँदी र ५७.७१ ग्राम सुनको तयारी गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट ना ६१ प ९३४० नम्बरको मोटरसाईकलमा नेपाल आइरहेका सोही गाउँपालिकाको वडा नम्बर २ भरवलियाका २९ वर्षीय रामविनय साहलाई उक्त परिमाणको तयारी गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको ५ किलो ९९८ ग्राम चाँदीका गहनाको अनुमानित बजार मुल्य ३ लाख २० हजार र ५७.६१ ग्राम सुनको गहनाको मूल्य ३ लाख ६० हजार पर्ने प्रहरीले जनाएको छ ।

बरामद गहनासहित पक्राउ परेका व्यक्तिलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज बुझाउने बारा प्रहरीले जनाएको छ ।

Share your love