जलस्रोत कार्यालय ओखलढुंगाद्वारा ६२० थान तारजाली पीडितलाई वितरण

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय ओखलढुंगाले ६ सय २० थान तारजाली स्थानीय तहका पीडितलाई वितरण गरेकाे छ ।कार्यालयसँग मौज्दात रहेको ४ सय १५ थान र पछि थप गरिएको २ सय ५ थान गरी जम्मा ६ सय २० थान तारजाली जिल्लाका सबै जसो स्थानीय तहका पीडितलाई वितरण गरेकाे कार्यालयले जनाएको छ ।

भूक्षय र नदी कटान तथा पहिरो रोकथामका लागि कार्यालयले तारजाली वितरण गरेको हो । कार्यालयले जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको सिफारिसका आधारमा तारजाली वितरण गरेको कार्यालयलका निमित्त डिभिजन
प्रमुख पुरुषोत्तम शाहले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ४ सय ३२ थान ग्याबिन तारजाली वितरण गरेको छ । प्रत्येक वर्ष भूक्षय र नदी कटान तथा पहिरो नियन्त्रणका लागि तारजाली वितरण गर्दै आएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय ओखलढुंगाले जनाएकाे छ ।

Share your love