Sajha Daily

Sajha Daily

२४ घण्टामा कसैमा पनि काेराेना सङ्क्रमण पुष्टि भएन

पछिल्लो २४ घण्टामा कसैमा पनि काेरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि…

चोलेन्द्रशमशेरबारे सर्वोच्चमा पठाएकाे पत्र सही भएकाे संसद सचिवालयको जिकिर

संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ‘निलम्बन निष्प्रभावी’ प्रकरणमा सर्वोच्च अदालतले दिएको कारण देखाऊ आदेशको जवाफ पठाएको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार सर्वोच्चलाई जवाफ पठाएका हुन्। स्रोतका अनुसार सर्वोच्चलाई पठाइएको जवाफमा जबराको निलम्बन निष्प्रभावी भएको पत्र सही…

साढे २७ अङ्कले घटेर शेयर बजार राताम्मे, १ अर्ब १५ करोड रुपैयाँको कारोबार

हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा…

एमालेलाई सरकार बनाउन हताराे छैन : गाेकर्ण विष्ट

रुपन्देही – नेकपा एमालेका सचिव गोकर्ण विष्टले आफूहरू सरकार निर्माणका लागि अवाञ्छित गतिविधिमा नलाग्ने बताउनुभएको छ ।  आज आइतवार बुटवलमा पत्रकारसँग कुरा गर्दै सचिव विष्टले एमालेले प्रतिपक्षमा बस्ने जनमत पाएको बताउनुभएको हो । उहाँले आफूहरू जनमतको विपरीत सरकार निर्माणका लागि…

जापानको टोकियोमा एक नेपालीको मृत्यु

जापान : टोकियोमा बस्ने भोजपुरका ४२ वर्षीय दिवश राई शनिबार राति मृत अवस्थामा फेला परेका छन्। उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए। नेपालमा भोजपुर-४ का रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका रामप्रसाद राई गएराति साढे…

बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले १ सय ८८ रनले जित्याे

बङ्गलादेशसँगकाे पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हरायो । पाँच सय १३ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेश आज आइतवार पाँचौँ दिनको पहिलो सेसनमै तीन सय २४ रन बनाउँदा अलआउट भयो…

विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दै

फिफा विश्व कप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । खेल कतारको लुसेल मैदानमा नेपाली समय अनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले…

आजको राशिफल -पुष ३ गते आईतबार

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। सरोकार नभएका विषयमा चासो राख्नाले दुःख पाइनेछ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। यात्राको प्रक्रियामा बढी…

विश्वकपमा चम्किएका ६ प्रतिभावान युवा खेलाडी

२०२२ को विश्वकप फुटबलको अब फाइनल खेल मात्रै बाँकी छ । अफ्रिकी राष्ट्र मोरक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल्यो । क्रोएशियाका पनि २० वर्षका डिफेन्डरले आफूप्रति ध्यान केन्द्रित गर्न सफल भए । फ्रान्सविरुद्ध फाइनल खेल जितेमा अर्जेन्टिनाले यस संस्करणको विश्वकप…

भारतकाे मधुवनी जिल्लासँग जोडिएको मधेशका ३ जिल्लाहरुको सीमानाका बन्द

भारतकाे विहार राज्यको मधुवनी जिल्लासँग जोडिएका मधेशका ३ जिल्लाहरुको सीमानाका गएरातिदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ । सिरहा, सप्तरी, महोत्तरी लगायतका जिल्ला समेत भारत विहारको मधुवनी जिल्लाको सीमासँग जोडिएका छन् । मधुवनी जिल्ला अन्तर्गतको नगरपालिकामा पुस ३ गते अर्थात् डिसेम्बर १८ तारिखमा…