७ दिन भित्र व्यवस्थापन समिति गठन गर्न नगरपालिकाको निर्देशन

नगरपालिका अन्तर्गत रहेको १० वटा सामुदायीक विद्यालयहरुलाई नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय कुमार झाले गरेको पत्रचारमा ७ दिन भित्र विद्यालयमा व्यवस्थापन समिति गठन गरी नगरपालिकामा जानकारी गराउन अनुरोध गरिएको छ । साथै नगरपालिकाले दिएको समयमा व्यवस्थापन समिति गठन नभएमा नगपालिकाबाट उपल्बध हुने सम्पुर्ण सेवा सुविधा बन्द गर्ने चेतावनी समेत दिइएको छ ।

यस विषयमा नगरप्रमुख प्रदुमन चौहान संग फोन सम्पर्क गर्दा उहाँले “बिना विद्यालय व्यवस्थापन समितिको विद्यालय चल्न नसक्ने अवस्था रहेको” जिकिर गर्नुभयो । “विद्यालयको आवश्यकता अनुसार विभिन्न शिर्षकमा आएको बजेट विना व्यवस्थापन समितिको खर्च गर्न सकिदैन भन्ने विद्यालयको उन्नति र प्रगति हुन सक्दैन” नगरप्रमुख चौहानको भनाई रहेको छ ।

Share your love