६ मतान्तरले एमाले उम्मेदवार विजयी, ८ मतकाे हिसाब नमिलेकाे भन्दै कांग्रेद्वारा पुनः मतगणनाकाे माग

स्याङ्जाको क्षेत्र नं १ प्रदेश (क) मा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाको माग गरेको छ । फेदीखोला गाउँपालिका वडा नं. ५ को मतगणनाको क्रममा ८ मतको हिसाब नमिलेको भन्दै कांग्रेसले पुनः मतगणनाकाे माग गरेकाे हो । यस क्षेत्रमा नेकपा एमालेका सुधिरकुमार पौडेल ६ मतान्तरले विजयी हुनुभएको थियो ।

कांग्रेसका नेता कार्यकर्ताले हराएको ८ मत खोज्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी दिएको कांग्रेसका उम्मेदवार बुद्धिबहादुर राना कुमारले जानकारी दिनुभयो । हामीले ८ मतको टुंगो नलागे सम्म अन्तिम नतिजा घोषणा नगर्न भनेका छौं, यदी त्यासो नगरिएमा हामी अदालत जान्छौं रानाले भन्नुभयो ।

अहिले स्याङ्जा सदरमुकाममा कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । यसैबीच मुचुल्का र मतगणनाको रेकर्ड रुजु गर्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पौडेलले १७ हजार ४ सय ४१ मत ल्याउँदा रानाले १७ हजार ४ सय ३५ मत ल्याउनुभएको थियो ।

 

Share your love