स्थानीय निर्वाचनमा पर्सा जिल्लाबाट उम्मेदवार रहेका तीन हजार २९८ जनामध्ये ४४ जनाले मात्र खर्च विवरण प्रस्तुत गरेका छन् भने खर्च विवरण नबुझाएका एक हजार ३१३ जनाले स्पष्टीकरण पेश गरेका छन् ।

खर्च विवरण नबुझाउनेहरूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको र त्यसमध्ये एक हजार ३१३ जनाले स्पष्टीकरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय, पर्साका प्रवक्ता अरुण ठाकुरले बताए ।

उनले स्थानीय चुनावपछि १८ जना जिल्ला समन्वय समिति र १६० जना कार्यपालिका सदस्यको निर्वाचनमा सहभागी भएका थिए । त्यसमध्ये जिससबाट सहभागी सातजनाले स्पष्टीकरण बुझाएको र १६० जना कार्यपालिका सदस्यमध्ये चारजनाले मात्र तोकिएको समयमा खर्च विवरण प्रस्तुत गरेको तथा ८५ जनाले स्पष्टीकरण बुझाएको प्रवक्ता ठाकुरले बताए ।

निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र खर्च विवरण पेश गर्न उम्मेदवारहरूलाई समय प्रदान गरेको थियो । सो समयमा पर्सा जिल्लाबाट कुल तीन हजार ४७६ जना उम्मेदवार रहेकामा ४८ जनाले मात्र समयमा खर्च विवरण पेश गरेको बताए । प्रवक्ता ठाकुरले समयमा खर्च नबुझाउनेहरूको हकमा आयोगले  जरिवाना तोकेको बताए ।

उनले महानगरका प्रमुख, उपप्रमुखको हकमा सात लाख ५० हजार, वडाध्यक्ष, सदस्यहरूको हकमा तीन लाख, नगरपालिकाका प्रमुख, उपप्रमुखको हकमा चार लाख ५० हजार, वडाध्यक्ष, सदस्यको हकमा तीन लाख, गाउँपालिका अध्यक्ष्F, उपाध्यक्षको हकमा तीन लाख ५० हजार र वडाध्यक्ष, सदस्यहरूको हकमा एक लाख ५० हजार जरिवाना तोकिएको बताए । स्पष्टीकरण पेश गर्नेहरूले आफूलाई थाहा नभएको, स्वास्थ्य समस्या भएको जस्ता कारणहरू उल्लेख गरेका प्रवक्ता ठाकुरले बताए ।

खर्च विवरण नदिएका सबैलाई स्पष्टीकरण सोधिएको र आयोगको निर्देशन अनुसार जरिवाना हुने बताए ।

प्रवक्ता ठाकुरले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनको लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्ष्Fेत्रमा कार्यालय खोलिएको बताए । वीरगंज महानगरमा क्ष्Fेत्र नं १ र २ को कार्यालय तथा क्षेत्र नं ३ को कार्यालय पोखरिया नपा र क्ष्Fेत्र नं ४ को निर्वाचन कार्यालय जीराभवानी गापामा खोलिएको उनले जानकारी गराए ।