२६.८० अंकले घट्यो नेप्से, १ अर्ब ६६ करोडको कारोबार

ब्याजदर घट्ने भएपछि गत बिहीबार ५० अंकले वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.७१ प्रतिशतले गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो ।

आइतबार बजार परिसूचक नेप्से २६.८० अंकले गिरावट हुँदा १९७५.८९ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । नेप्सेमा आइतबार ४७ लाख ७२ हजार १४० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ६६ करोड ६९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको करिब ८ करोड २२ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ७५ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख २५ हजारको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा कुल २१८ कम्पनीको सेयर कारोबार भएकोमा १८६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २६ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । जसमध्ये शुभम् पावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा युनिक नेपाल लघुवित्तको सेयरमूल्य ४.०३ प्रतिशत र नाडेप लघुवित्तको सेयरमूल्य ३.२६ प्रतिशतले वृद्धि भएको छ ।

यता हिमालयन बैंकको सेयरमूल्य सर्वाधिक ६.३७ प्रतिशतले गिरावट हुँदा नेपाल इन्स्योरेन्सको सेयरमूल्य ५.८७ प्रतिशत र खप्तड लघुवित्तको सेयरमूल्य ५.३५ प्रतिशतले गिरावट भएको छ ।

Share your love