२४ घण्टामा ५१ जनामा कोरोना सङ्क्रमण, एक सय जना निको

पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार २४ जनाको नमुना परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय जना कोरोना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय २३ जनामा झरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच गएको साउनदेखि अहिलेसम्म डेङ्गी सङ्क्रमणबाट २९ जनाको ज्यान गएको छ भने २४ हजार चार सय ९२ जना डेङ्गीका बिरामी भेटिएका छन् । देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ ।

Share your love