२४ घण्टामा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५९१ जनाको पीसीआर परीक्षण गर्दा १७ र ७४१ एन्टीजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ९६ जना सङ्क्रमण मुक्त भएका छन् भने सो समयमा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन ।

त्यस्तै, हाल मुलुकमा ९२५ जना सक्रिय सङ्क्रमित छन् ।

Share your love