१९ वर्षमुनिको महिला विश्व कप क्रिकेट नेपाल र बङ्लादेशले संयुक्त रुपमा गर्ने

नेपाल र बङ्लादेशले सन् २०२७ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो ।

सन् २०२४ को १९ वर्षमुनिको पुरुष विश्व कप क्रिकेट श्रीलङ्का तथा सन् २०२६ को जिम्बाब्वे र नामिबियाले संयुक्त रुपमा आयोजना गर्नेछन् ।

२०२५ को १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट मलेसिया र थाइल्यान्डले गर्ने भएका आईसीसीले जनाएको छ ।

Share your love