१८ अङ्कभन्दा धेरैले घट्याे शेयर बजार

काठमाण्डाै – शेयर बजार आज बिहीवार १८ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ३० अङ्कले घटेर दुई हजार ३९ दशमलव ५४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेर बजार राताम्मे भएकोमा जलविद्युत्, विकास बैंक, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

नेप्से सूचक दाेहाेराे अङ्कले घटेकाे दिन दुई सय १९ वटा कम्पनीकाे ४२ लाख ३४ हजार कित्ता शेयर एक अर्ब ७१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड २४ लाख रुपैयाँ र रिडी हाइड्रोपावरको नाै करोड ४१ रुपैयाँको शेयर किनबेच भयो ।

आज मैलुङ खाेला जलविद्युत् कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि अपर हेवाखोला जलविद्युतको शेयर १० प्रतिशत र रुरु हाइड्रोको शेयर झन्डै नाै प्रतिशतले बढेको छ ।

Share your love