१७ वर्षमुनिको साफ फुटबलमा नेपालले आज भुटानसँग खेल्दै

श्रीलंकामा चलिरहेको पुरुष १७ वर्षमुनिको साफ फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल कोलम्बोको रेस कोर्स मैदानमा बेलुका ८ बजे सुरु हुनेछ । नेपाल आज पहिलो खेल खेल्न लागेको हो । भुटान गएको सोमबार भएको उद्घाटन खेलमा भारतसँग ३–० गोलले पराजित भएको थियो ।

त्यस्तै अर्को खेलमा बङ्गलादेशले श्रीलंकालाई ५–१ गोलले हराएर सुखद सुरुवात गरेको छ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङगलादेश, श्रीलंका र माल्दिभ्स सहभागी छन् । नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Share your love