१२ सय करोड बराबरको लागुऔषधसहित दिल्लीमा दुई जना अफगान नागरिक पक्राउ

भारतको दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागुऔषध बरामद गरेको जनाएको छ । झण्डै १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागुऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको समाचार संस्था एएनआईले जनाएको छ ।

त्यसैगरी उनीहरूबाट १० किलो हेरोइन समेत बरामद भएको छ । आरोपीहरू नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ परेका हुन् । सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमलाई विदेशबाट सञ्चालित लागुऔषध तस्करको ठूलो मात्रा दिल्लीमा ल्याइने गरेको सूचनापछि पक्राउ गरेको दिल्ली प्रहरीले जानकारी दिएको छ ।

दुई अफगानी नागरिकलाई पक्राउ गरेपछि लागूऔषधको अन्तर्राष्ट्रिय कारोबारबारे थप खुल्ने र यसबारेमा अनुसन्धान भैरहेको खबरमा उल्लेख छ । दिल्ली प्रहरीकाे स्पेशल सेलले अहिले बरामद गरिएकाे मेथाम्फेटामाइन इतिहासमै सबैभन्दा धेरै रहेकाे जनाएकाे छ ।

Share your love