१०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं -देशभर पछिल्लो २४ घण्टामा थप १ सय ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ८७ जनाको नमूना परीक्षण गरिएको थियो ।

१ हजार ५ सय ९२ जनाको पीसीआर र १ हजार ९ सय ९५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार २ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Share your love