हात्ती आक्रमणमा पत्नीको मृत्यु, पति घाइते

 झापाका शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा बच्चासहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो ।

हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते हुनुभएको थियो । घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share your love