स्वास्थ्य सेवा जस्तै राजनीतिलाई सेवा कै रुपमा लिएको छु –डा.मधु

वीरगंज – पर्सा क्षेत्र नम्बर ३ ( ख ) बाट प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दिनुभएकी डा.मधु गुप्ता कुर्मीले स्वास्थ्य सेवा जस्तै राजनीतिलाई पनि सेवाकै रुपमा लिएको बताउनुभएको ।

चुनावी घरदैलोको क्रममा उहाले अर्थ टेलिभिजन संग कुरा गर्दै स्वास्थ्य सेवा झैँ राजनीतिलाई पनि सेवाको रुपमा नै लिएर अगाडी बढेको बताउनुभयो ।

पेशाले डाक्टर रहनुभएको डा.गुप्ता स्वास्थ्य सेवा बाट समाजको सबै प्रकारको समस्या निर्मुल हुन नसक्ने संकेत देखेर राजनीतिमा आएको बताउनुभयो । जसपा नेपाल र एमालेको संयुक्त गठबन्धनबाट उहा उम्मेदवार हुनुहुन्छ ।

Share your love