स्याङ्जामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटियाे

स्याङजामा तीन जनालाई आक्रमण गरी घाइते बनाएको चितुवा घरभित्रै मृत भेटिएको छ । चण्डिप्रसाद पराजुलीको घरमा थुनिएको चितुवा घरभित्रै मृत भेटिएको हो ।

आज बिहान वालिङ नगरपालिका–१४ कफ्लेटीमा चितुवाले आक्रमण गर्दा  वालिङ–१२ का किसान न्यौपाने, वालिङ–१४ की तुलसा पराजुली र लक्ष्मी पराजुली घाइते हुनुभएको थियो ।

खेतमा काम गरिरहेको बेला न्यौपानेलाई घाइते बनाएर भागेको चितुवा स्थानीय चण्डीप्रसाद पराजुलीको घरमा पसेर तुलसा र लक्ष्मीलाई पनि आक्रमण गरि  घाइते बनाएको थियाे ।

त्यसपछि बाहिरबाट स्थानीयले ढोका लगाइदिएपछि चितुवा घरभित्रै थुनिएको थियाे । पछि उद्धारको टोली आएपछि हेर्दा चितुवा मृत भेटिएको हो । घाइते तीनै जनाको उपचार भइरहेको  वालिङ नगरपालिका १४ का वडाध्यक्ष बोधराज कुँवरले जानकारी दिनुभयो ।

 

Share your love