स्याङ्जाकाे वालिङमा चितुवाको आक्रमणबाट तीन जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका वडा १४ कफ्लेटीमा आज बिहान चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् ।

चितुवाकाे आक्रमणबाट ६४ वर्षीय  कृष्णलाल न्यौपाने, ६८ वर्षीया तुलसी पराजुली र २४ वर्षीया लक्ष्मी पराजुली घाइते भएका हुन् । खेतमा काम गरिहेका कृष्णलाललाई आक्रमण गरेपछि नजिकै पुगेका तुलसी र लक्ष्मीलाई पनि चितुवाले झम्टिएकाे हाे ।

घाइते तीन जनालाई वालिङमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ । उनीहरु सबैकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ । चितुवालाई अहिले चण्डीप्रसाद पराजुलीको घरभित्र एउटा कोठामा थुनेर राखिएकाे स्थानीयले बताएका छन् ।

चितुवालाई नियन्त्रणमा लिन प्रहरीसहित वन कार्यालयको टोली घटनास्थल पुगेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

 

Share your love