सेढवामा एकजना युवकद्वारा आत्महत्या

इप्रका, सेढवाको प्रनानि प्रकाश महतोका अनुसार युवकले प्रेम सम्बन्धका कारण आत्महत्या गरेको हुन सक्ने बताए । उनले घटनाको अनुसन्धान भइरहेको बताए । यादवको प्रेम सम्बन्ध जीराभवानी गापा–१ भवानीपुरकी सीमा कुमारीसँग रहेको र सीमाले पनि गत साउन १० आत्महत्या गरेको बताइएको छ ।

सीमाको अभिभावकहरूले सीमाको शव पर्सा राष्ट्रिय निकुञ्जको सामुदायिक वनमा जलाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्ष्ँक किशोर आचार्यले यस क्षेत्रमा आत्महत्याका घटनामा वृद्धि भइरहेको बताए । उनले एक महीनामा १० जनाले आत्महत्या गरेको जानकारी गराए ।

वीरगंज महानगरनगरपालिकाका केही वडा, पर्सागढी नगरपालिका, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर र जीराभवानी गाउँपालिकामा एक महीनामा दुईजना युवक र आठजना युवतीले आत्महत्या गरेको प्रनि आचार्यले बताए । जीराभवानी गापामा मात्र एक महीनामा तीनजनाले आत्महत्या गरेको तथ्याङ्क रहेको उनले बताए ।

Share your love