सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाइने –डा.मधु गुप्ता कुर्मी

वीरगंज – पर्सा क्षेत्र नम्बर ३ को ( ख ) बाट मदेश सभा सदस्यमा निर्वाचन लडिरहनु भएको जनता समाजवादी पार्टीकी नेतृ डा.मधु गुप्ता कुर्मीले सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाउनु पर्ने बताउनुभएको छ ।

जसपा नेपाल र नेकपा एमालेबाट क्षेत्र नम्बर ३ ( ख ) मा प्रदेश सभा सदस्यकी साझा उम्मेदवार रहनुभएको डा.गुप्ता कुर्मीले अबको क्रममा प्राप्त सुशासनलाई जनतालाई प्रत्याभूत हुनेगरी शासनशिल समाजको निर्माण गरी देश बिकास गर्नुपर्ने बताउनुभएको हो  ।

प्रदेश सरकारबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गरेर त्यस पश्चात अहिले जनचाहना अनुसार यो क्षेत्रममा बिकास गर्ने मेरो अवधारणा रहेको बताउनुभयो ।

Share your love