सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेको इलाम २ मा मतगणना सुरु

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी रहेको इलाम नम्बर २ मा मतगणना सुरु भएको छ ।

इलामको सदरमुकामस्थित सिटी हलमा  दिउँसोको १ बजेर ४५ मिनेटदेखि मतगणना सुरु भएको हो ।

प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैतर्फको र यही क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत गणना एकै पटक सुरु गरिएको छ ।

इलामको प्रतिनिधिसभा क्षेत्र २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेकोमा ६९ हजार ४ सय ८१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस क्षेत्रमा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का चर्चाका उम्मेदवार हुनुहुन्छ ।

 

Share your love