सुनको भाउ लगातार बढ्दै : आज १३ सय रुपैयाँले बढ्यो, अझै बढ्ने सङ्केत

सुनको भाउ आज १ हजार ३ सय रुपैयाँले बढेको छ । तोलामा आज सुन ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार सुनको भाउ अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताउनुभयो ।

चुनावका कारण अमेरिकामा डलरको भाउ केही कमजोर भएकाले लगानीकर्ताले सुनमा लगानी गर्न थालेका छन् । यसकै असर भाउमा परेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share your love