सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६ सय रुपैयाँले सस्तो हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share your love