सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Share your love