सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रदेश सभा सदस्यलाई पुस २७ गते बेलुकी ५ बजे भित्र मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नु भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभामा कुनै एक दलको स्पष्ट बहुमत नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Share your love